माओवादीले गर्‍यो आईसीटी फोरम गठन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादीले गर्‍यो आईसीटी फोरम गठन


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले आईसीटी फोरम गठन गरेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रिमोट थिचेर आईसीटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।

उनले पछिल्लो समय त्याग, सर्मपणभन्दा पनि हल्लाकै भरमा सङ्गठन बनाउने ट्रेन्ड देखिएको भन्दै त्यसलाई ‘क्रस’ गर्न आईसीटी फोरमको आवश्यकता परेको बताए । सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गरिने उनको भनाइ छ ।

“अहिलेको युग सूचना-प्रविधिको युगको रूपमा स्थापित भएको छ । यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्त्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने र नदिए असफल हुने देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयानुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ,” उनले भने, “ग्रास रुटसम्म यसको सङ्गठन विस्तार हुन्छ । समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस सङ्गठनले पार्टीका नीति, विचार र कामलाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रूपमा काम गर्छ । आईसीटी फोरमले हल्लाकै भरमा सङ्गठन बनाउने ट्रेन्ड तरिकालाई क्रस गर्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।”

Tags :
प्रतिक्रिया दिनुहोस