आरजु राणाद्वारा कृषि समितिको सभापतिमा उम्मेदवारी दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आरजु राणाद्वारा कृषि समितिको सभापतिमा उम्मेदवारी दर्ता


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् ।

आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।

प्रमुख दलहरूले प्रतिनिधि सभाका १० र संघीय संसद्का २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार काँग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

दलहरुबीच सहमति भएपछि संघीय संसद सचिवालयले समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा आइतबार दलहरूले उम्मेदवारी दिइरहेका छन् ।

काँग्रेसले पाएका ४ वटा समितिमध्ये आइतबार दिउँसो २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् । संसदीय सुनुवाइ समिति र अर्थ समितिमा काँग्रेसले अहिलेसम्म उम्मेदवारी दिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस