विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरूप थाइल्यान्डसँग खेल्दै नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरूप थाइल्यान्डसँग खेल्दै नेपाल


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।

३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ ।

नेपाली टिमले हाल तयारी स्वरूप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परीक्षण चलिरहेको प्रशिक्षक सामसन जङ्ग थापाले बताए ।

नेपालको टोलीमा रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, बिन्दु रावल, पुजा महतो, अस्मिना कर्माचार्य, खुसी डङ्गोल,ईश्वरी विष्ट, सम्झना खड्का , अप्सरी बेगम, कविता कुँवर, कविता जोशी र रुवी पोदार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस