काँग्रेसले लगायो समिति सभापतिका उम्मेदवारको टुङ्गो, कृषिमा आरजु राणा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसले लगायो समिति सभापतिका उम्मेदवारको टुङ्गो, कृषिमा आरजु राणा 


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुङ्गो लगाइको छ ।

राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।

काँग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियार मात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर काँग्रेसले सन्तुलन मिलाएको छ ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व  चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस