केन्द्रीय बस ट्रमिनललाई नमुना बसपार्क बनाउँछौँ : रेनु दाहाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केन्द्रीय बस ट्रमिनललाई नमुना बसपार्क बनाउँछौँ : रेनु दाहाल


९ भाद्र २०८०, शनिबार


काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमुना बसपार्कका रूपमा विकास गर्ने बताएकी छिन्। 

बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले अहिले बसपार्कको स्तरोन्नति भइरहेको बताएकी हुन्।

बसपार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाइ, मर्मतसम्भारलगायतका काम भइरहेको प्रमुख दाहालले बताइन्। सघन सहरी विकास मन्त्रालयबाट १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी नमुना बसपार्क बनाउनेतर्फ केन्द्रित रहेको उनको भनाइ छ। बसपार्कको रङरोगन, कालोपत्र, हरियाली गराउने कामसँगै सरसफाइको कामलाई एकसाथ अगाडि बढाइएको उनले जानकारी दिइन्।

करिब एक सय ९५ शेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दाताको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन्। संस्थाले ३० कठ्ठा जमिनमा फूल र आठ कठ्ठा जमिनमा बेसारखेती गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस