नेपाल आउँदै एमसीसीका सिइओ र उपाध्यक्ष « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल आउँदै एमसीसीका सिइओ र उपाध्यक्ष


८ भाद्र २०८०, शुक्रबार


काठमाडैँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दुई उच्च पदस्थ अधिकारीहरूले नेपाल भ्रमण गर्ने भएका छन् ।

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष क्यामरुन अल्फोर्डले एक महिनाको बीचमा नेपाल भ्रमण गर्न लागेको बताइएको छ । 

उपाध्यक्ष अल्फोर्डले नेपालमा एमसीसी सम्झौता कार्यान्वयनमा जाने (इन्ट्री इन्टु फोर्स-ईआईएफ) दिनको अवसर पारेर नेपालको भ्रमण गर्ने छन् । सिइओ अल्ब्राइटले भने एमसीसी कार्यान्वयनमा गइसकेपछि आगामी अक्टोबरमा नेपाल भ्रमण गर्ने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस