२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीईभीटीका ४९ कलेजले पाएनन् डिप्लोमा तथा प्रमाणपत्र तहको सिट 

अ+ अ-

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धनरस्वीकृति प्राप्त ४९ कलेज २०८०/०८१ को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउनबाट वञ्चित भएका छन् ।

सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यतर्फको शिक्षण संस्थाहरूको चिकित्सा शिक्षा आयोगबाट ४९ कलेजको सिट स्वीकृत नभएको जनाएको छ ।

आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ ।

आयोगले सीटीईभीटीलाई पठाएको विवरणका आधारमा सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।

आयोगको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।

सिट निर्धारण नभएको कार्यक्रम अन्तर्गत कोशी प्रदेशमा ७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ शिक्षण संस्था छन् ।

यसअघि सीटीईभीटीले आयोगसँग परामर्श नै नगरी आफूखुसी भर्ना खुला र शुल्क समेत तोकेको थियो । त्यसपछि आयोगले पत्र काट्दै चिकित्सा शिक्षा ऐन अनुसार काम अगाडि बढाउनका अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस