२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत रहनुपर्छ : उपप्रधानमन्त्री खड्का

अ+ अ-

भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै सचेत रहनुपर्ने बताएका छन् ।

चाँगुनारायण नगरपालिका-५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे । 

सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए । 

“देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध छ, कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन,” उपप्रधानमन्त्री खड्काले भने, “यो वा त्यो बहानामा जातीय तथा साम्प्रदायिक द्वन्द्वको सृजनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकाङ्क्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।”

सङ्घ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रूपमा विकासका योजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री खड्काले भने, “तपाइहरू सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डरमुक्त हुन्छ, भयमुक्त हुन्छ, तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ, त्यसैले यो अभियानमा हिँड्नुपर्छ ।”

देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै उनले  सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बजेट सुधारका लागि लागिरहेको भएको बताउँदै सरकारको ध्यान आर्थिक उन्नति भएको पनि स्पष्ट पारे । 

उपप्रधानमन्त्री खड्काले भने, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धि हासिल भएको हो । जनताकै मतबाट निर्वाचित भएर हामी आएका हौँ भन्ने भुल्नु हुँदैन ।”

उनले छालिङ जाने सडकका विस्तारदेखि स्मार्ट सिटी निर्माणको निर्णय नहुँदा जनतामा परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याका निकास निकाल्न पहल गर्ने बताए ।

सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले समृद्ध नेपाल बनाउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै यहाँको सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता र त्यसपछि सडकलाई प्राथमिकतामा राखेर जानुपर्ने औँल्याउँदै यहाँको सडकको दुरावस्थाले कहाँ जाँदैछौँ भनेर अन्योल बनाएको टिप्पणी गरे ।

सांसद थापाले भने, “आगामी चार वर्षभित्र यहाँको मात्रै होइन चाँगुको सबै बाटोले पूर्णता पाओस्, भत्केको पाटी नगरकोटले छिट्टै पूर्णता पाओस्, देकोचा चाँगुनारायण, साँखु सडक, खरिपाटी ब्यारेक मत्स्यनारायण सडकले छिटो पूर्णता पाउनुपर्छ ।” उनले देशको आर्थिक स्थिति मजबुद बनाएर विकास अगाडि बढाउने प्रतिबद्धता सबै क्षेत्रबाट हुनुपर्नेमा जोड दिए ।

बागमती प्रदेशसभाका पूर्व मन्त्री कृष्णलाल भँडेलले स्मार्ट सिटीको अवधारणाले गति नलिँदा यहाँ जग्गा कित्ताकाट रोकिएको र यसले यहाँका जग्गाधनीलाई समस्या भएको बताए । महादेव खोला परियोजनाका नाममा आएको बजेटले भक्तपुरमा खानेपानी, सिँचाइ र विद्युत् उत्पादनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । 

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले चालु आवमा विनियोजन गरेको रु एक अर्ब ७९ करोड बजेटमध्ये अधिकांश विकासमै खर्च गर्ने बताए । उनले यहाँको बाटोको अवस्था देख्दा दुःख लागेको बताउँदै चाँगुनारायणको आर्थिक, पूर्वाधार, पर्यटनको विकास गरी सुविधा सम्पन्न नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको क्षेत्रको विकासमा नगरपालिकाले योजनाहरू अगाडि बढाइरहेको बताउँदै जनताको माग र सुझावका आधारमा जनप्रतिनिधि अगाडि बढेको विश्वास व्यक्त गरे । 

वडा नं ५ का वडाध्यक्ष जयचन्द्र खड्काले नेपाली सेनाको ब्यारेकदेखि छालिङ जाने सडक विस्तारमा सेनाले आफ्नो सिमानामा पर्खाल लगाइदिए आगामी दशैँ अगाडि फुटपाथसहितको सडक निर्माण सम्पन्न गरिसक्ने बताए । यस वडाको ७० किलोमिटर सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको भन्दै तीन तहकै सरकारको बजेटले प्राथमिकतामा राखिदिए यस क्षेत्रलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस