कपिलवस्तुको वनमा मानव कङ्काल फेला « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कपिलवस्तुको वनमा मानव कङ्काल फेला


८ भाद्र २०८०, शुक्रबार


कृष्णनगर । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए ।

उनले वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको बताए । वाणगङ्गा नगरपालिका-६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस