अधिकृतस्तरको ६५८ अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अधिकृतस्तरको ६५८ अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्का दुई वटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी स्वीकृत गर्ने निणर्य गरिएको बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालयका अन्तरगत नयाँ शहर आयोजना लगायतका निकायको आर्थिक वर्ष २०८०-०८२ का लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबारकै बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रालय अन्तरगत निकायका लागि र चिकित्सा शिक्षा आयोगका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी गराईन ।

उनका अनुसार सोहि दिनको बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रालय अन्तरगत आर्थिक वर्ष २०८०-०८१ मा सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकिकृत भू-परिधि व्यवस्थापन आयोजना लगायतका १७ वटा आयोजना तथा कार्यक्रमका लागि राजपत्रांकित श्रेणीको ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

मन्त्री शर्माका अनुसार यस अघि साउन ३० गते बसेको बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका लागि ५८ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

साउन ३० गतेकै बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालय अन्तरगत आर्थिक वर्ष २०८०-०८१ का लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र उक्त आयोजना अन्तरगत विकेन्द्रित आयोजना सहयोग इकाइका लागि आवश्यक १९ वटा राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताईन ।

यस्ता छन् मन्त्रिपरिषद्का दुई वटा बैठकले गरेका २९ वटा निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस