कानून भन्दा माथि कोही छैन भन्ने सत्य व्यवहारमा नदेखिएको सांसद सिंहको गुनासो  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कानून भन्दा माथि कोही छैन भन्ने सत्य व्यवहारमा नदेखिएको सांसद सिंहको गुनासो 


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानून भन्दा माथि कसैलाई नराखेको भएतापनि व्यवहारमा त्यो नदेखिएको गुनासो गरेका छन् ।  

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले ललिता निवासको प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुको घरमै गएर बयान लिएको भन्दै उनले ठूलाबडाका लागि व्यवहारमा समान कानून नदेखिएको बताएका हुन् ।

उनले भने ,‘कानून भन्दा माथि बस्न संविधानले कसैलाई दिएको छैन तर व्यवहारमा भईरहेको छ । काठमाडौं ललिता निवास प्रकरणमा दुईजना पूर्व प्रधानमन्त्रीलाई घरमा गएर बयान लिने त्यो आम जनतालाई उपलब्ध हुन्छ कि हुँदैन् ? यो कस्तो कानूनी राज्य हो कि ठूलाबडाको लागि एउटा कानून र संविधान छ भनि पढ्न पाउँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस