सांस्कृतिक विविधताकै कारण नेपालीहरू विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन् : सभामुख घिमिरे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सांस्कृतिक विविधताकै कारण नेपालीहरू विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन् : सभामुख घिमिरे


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका छन् ।

गौरा पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका हुन् ।

‘नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं आरोग्य ताको शुभकामना व्यक्त गर्दछु । संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौँ ।’ उनले भनेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उनको भनाई छ ।

उनले गौरा सुदूरपश्चिमको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व भएकाले यो पर्वले मानिसमा धार्मिक आस्था र आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस