निजामती सेवा ऐन संसदमा कहिले पेश हुन्छ ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निजामती सेवा ऐन संसदमा कहिले पेश हुन्छ ?


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले संघीय निजामती ऐन संसदमा चाँडो पेश गर्न माग गरेका छन् ।

बुधबार संसदको बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले संघीय निजामती ऐन संसदमा छिट्टै ल्याउन माग गरेका हुन् ।

उनले भने, ‘ संघीय निजामती ऐन १६ वर्षदेखि आएको छैन। अब सरकारले ल्याउँछु पनि भनेको छ। तर कहिले ल्याउने हो ? निजामती ऐन चाँडोभन्दा चाँडो संसदमा पेश गरोस्।’

उनले संघीय निजामती ऐन नआउँदा थारुको पहुँच राज्यको निकाय हुन नसकेको बताए । उनले भने, ‘अहिले १६ वर्षदेखि निजामती ऐन संशोधन नहुँदा समावेशीतर्फ २३ हजार पास भए पनि थारुहरूको लागि निजामती ऐन समावेशी बन्न सकेको छैन । अब संसदमा कहिले पेश हुन्छ निजामती ऐन ? चाँडै पेश होस भन्ने माग गर्दछु। ’

उनले उच्चस्तरीय आयोग गठन स्वागत योग्य भए पनि यसको प्रतिवेदन सार्वजनिक हुनेमा शङ्का व्यक्त गरे । उनले प्रश्न गर्दै भने, ‘ थारू र मधेसी आन्दोलनको लागि गठन भएको न्यायाधीश गिरीशचन्द्र लालाको नेतृत्वको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन ? के लाला आयोग सरकारले गठन गरेको होइन ? तर प्रतिवेदन किन लुकाइयो ? अब बन्ने आयोगको प्रतिवेदन पनि त्यस्तो नहोस्।’

Tags :
प्रतिक्रिया दिनुहोस