संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्छ : चित्रबहादुर केसी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्छ : चित्रबहादुर केसी


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले नेपाली जनता सङ्कटमा रहेको समयमा एक-एक महिनासम्म संसद् बन्द गरिएको भन्दै त्यस विषयमा छानबिन हुनुपर्ने माग गरेका हुन् ।

‘देश भयकंर सङ्कटमा रहेको, नेपाली जनताले कष्ट भोगिरहेको समयमा महिनौँ दिनसम्म संसद् गरेकोमा खोल्ने साथीहरूलाई बधाई दिन लागिरहेका छौँ, ’केसीले भने, ‘कसले बन्द गर्न लाग्यो, कसले बन्द गर्‍यो ? त्यसकारण यसको गम्भीर छानबिन हुनुपर्छ ।’

केसीले नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुनकाण्डहरुका सांसद र सरकारमा रहेकाहरू संलग्न रहेको बताए ।

‘नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने, ललिता निवासको जग्गा बिक्री गर्नेहरू र भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनाउनेहरू यही संसद्मा‌ बस्ने, खेल्ने र सत्ता चलाउनेसँग सम्बन्धित छैनौँ र ?’ उनले भने, ‘हामीले कसलाई भनिरहेका छौँ ?’

Tags :
प्रतिक्रिया दिनुहोस