अमिन यादव घुस रकमसहित अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अमिन यादव घुस रकमसहित अख्तियारको नियन्त्रणमा


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन दिपरन्जन यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

आज (बुधबार) आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले नापी कार्यालय लहानमा कार्यरत अमिन यादवलाई सेवाग्राहीबाट लिएको दश हजार रुपैयाँ घुससहित रङ्गे हात पक्राउ गरेको हो । 

यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा गएको आयोगको टोलीले उक्त रकमसहित यादवलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस