एमाले-राप्रपाले गरे कोशी प्रदेश सभाको बैठक बहिष्कार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले-राप्रपाले गरे कोशी प्रदेश सभाको बैठक बहिष्कार


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेका छन् ।

बुधबार बसेको बैठक सुरु हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लङ्घन भएको भन्दै बहिष्कार गरेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य काँग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस