आफूमाथि दुर्व्यवहार गरिएको भन्दै हर्क साम्पाङले दिए उजुरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफूमाथि दुर्व्यवहार गरिएको भन्दै हर्क साम्पाङले दिए उजुरी


६ भाद्र २०८०, बुधबार


काठमाडौँ। धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएको छन् ।

वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध मेयर साम्पाङले उजुरी दिएका हुन् ।

मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डिएसपी) राज कुमार राईले जानकारी दिए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस