जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । सरकारले प्रगतिशील गायक स्व जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ ।

पर्यटन मन्त्रालयको प्रस्तावमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय गायक जुठबहादुर खड्गी अर्थात् टुहुरेलाई उक्त उपाधि दिने निर्णय गरेको हो ।

गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनको २ वर्षपछि सरकारले उपाधि दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

२० वर्षदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस