सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, कसले कसले पाए जिम्मेवारी ?  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा माओवादीको कार्य विभाजन, कसले कसले पाए जिम्मेवारी ? 


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा कार्य विभाजन गरेको छ । माओवादीले सुरु गरेको ३ महिने जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान अन्तरगत कार्य विभाजन गरेको हो ।  माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ ।

बैठकको अनिर्णय अनुसार प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी, केन्द्रीय सदस्य त्रिलोचन भट्ट, झपट साउद र रमेशसिंह धामी छन् ।

प्रचार प्रसार कार्यालय समितिको जिम्मा केन्द्रीय सदस्य ओमविक्रम भाटलाई दिइएको छ । जसको सदस्यमा दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजित श्रेष्ठ छन् ।

त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।

कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेलधुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस