कोशी सरकारविरुद्ध फेरि अदालत जाँदै एमाले « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कोशी सरकारविरुद्ध फेरि अदालत जाँदै एमाले


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ ।

प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबरजस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।

उनले संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको बताए । भोलि नै रिट दर्ता गराउने एमालेको तयारी छ ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभामा बोल्दै नेता कार्कीले एमालेसँग अर्को विकल्प नभएको बताए ।

‘प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरुद्ध हामी कोर्ट जान्छौँ, हामीसँग अर्को विकल्प छैन’, नेता कार्कीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस