सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ ।

मङ्गलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, काँग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।

सोही जिम्मेवारी अनुसार आफूहरूले त्यसको मस्यौदा तयार पारेको बताइएको छ ।

प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस