चीनतिर पनि व्यापार गर्न अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारीमा छौँ : प्रधानमन्त्री « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चीनतिर पनि व्यापार गर्न अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारीमा छौँ : प्रधानमन्त्री


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँग पनि विद्युत् व्यापार गर्ने योजना रहेको बताएका छन् ।

मङ्गलवार भरतपुरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिँदै चीनतिर पनि व्यापारका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी गरिरहेको बताएका हुन् ।

‘केही समयपछि म चीन भ्रमणमा जाँदैछु । चीनतिर पनि व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी हामीले गरिरहेका छौँ,’प्रधानमन्त्री दाहालले भने ।

यस्तै आफू भारत भ्रमणमा जाँदा भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौता भएको उनले बताएका थिए । भारत, नेपाल र बंगलादेशबीच त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेका कारण बङ्गलादेशसँग पनि विद्युत् व्यापार गर्ने बाटो खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस