शेयर बजार १७ अङ्कले बढ्यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

शेयर बजार १७ अङ्कले बढ्यो


५ भाद्र २०८०, मंगलबार


शेयर बजार

काठमाडौँ । शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, जलविद्युत्, होटेल तथा पर्यटन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा इङ्वाखोला हाइड्रो र मायाखोला हाइड्रोपावर कम्पनीको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।

आज ६० लाख ३१ हजार कित्ता शेयर एक अर्ब ३३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको प्रमोटर शेयर २८ करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस