प्रमुख प्रशासकीय अधिकृतमाथि कर्मचारीबाटै घुस लिएको आरोप, छानबिन गर्दै नगरपालिका « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृतमाथि कर्मचारीबाटै घुस लिएको आरोप, छानबिन गर्दै नगरपालिका


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले कर्मचारीबाटै घुस लिएको आरोप लागेको छ ।

सोमबार पत्रकार भनेर नगरपालिका प्रवेश गरेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले अधिकृत पौडेलले कर्मचारीबाटै घुस लिएको विषय सार्वजनिक गरेपछि विवाद बाहिर आएको हो ।

करारका महिला कर्मचारीबाट १ लाख ३५ हजार घुस लिएको आरोप उनीहरूको आरोप छ ।

बासगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले घुस प्रकरणको वास्तविकताका विषयमा छानबिन गरिने बताएका छन् । कार्यपालिकाको बैठक बसेर यस विषयमा छलफलपछि निर्णय गर्ने र दोषी ठहर भए कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख खड्काले बताए ।

घुस प्रकरणमा मुछिएपछि पालिकाले उनीमाथि छानबिन गर्ने भएको हो।

यस विषयमा प्रशासनले बुझ्न खोज्दा अधिकृत पौडेलले मोबाइल अफ गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस