ट्रिनिडाड एण्ड टोवागोमा अलपत्र तीन नेपालीको उद्धार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्रिनिडाड एण्ड टोवागोमा अलपत्र तीन नेपालीको उद्धार


५ भाद्र २०८०, मंगलबार


वाशिङ्गटन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एण्ड टोवागो देशमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ । विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ्ग तामाङ, तीर्था लामा वाइवा र याङ्गेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको डिसीस्थित दूतावासले जनाएको छ ।

उनीहरू बिहीबार र शनिबार काठमाडौँ पुग्ने दूतावासले जानकारी दिएको छ । दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरूले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्ध गरेका थिए । त्यसले उनीहरूको अध्यागमनमा कठिनाई उत्पन्न भएको थियो ।

ट्रिनिडाड एण्ड टोवागो सरकार र त्यहाँ रहेका नेपालीले उनीहरूलाई उद्धारमा सहयोग गरेका थिए । अमेरिकास्थित नेपाली दूतावासले पर्यटक भिसामा क्यारिवियन देशमा यात्रा गर्दा उनीहरूले भिसा आवेदनका साथ फारम भर्दा अपनाएको पर्यटक भिसा र अन्य भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्न समेत अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस