एमालेले भन्यो-‘एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई छैन’ « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमालेले भन्यो-‘एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई छैन’


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले राष्ट्रपतिले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउन नमिल्ने भन्दै एमाले बैठकमा सहभागी नहुनुको कारण समेत यही भएको बताएका हुन् ।

‘एजेन्डा राखेर सर्वदलीय बैठक भनेर बोलाउने अधिकार राष्ट्रपतिलाई छैन‚ ’बर्तौलाले भने, ‘राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र सरकार हो । सरकारले मैले सकिनँ‚ गरिदिनुपर्‍यो भनेको जस्तो पनि लाग्दैन । सरकार र प्रधानमन्त्री स्वयं रात-बिहान प्रमुख प्रतिपक्षी दलले संसद्‌मा उठाएको मागको विषयमा छलफल र बैठकमा हुनुहुन्छ ।’

बर्तौलाले एमाले शीतल निवासको बैठकमा सहभागी नहुनुको कारण खुलाउँदै भने‚ ‘सरकारको काम राष्ट्रपतिले गर्ने होइन । सहमतिको प्रक्रियाबाट छलफल अघि बढिरहे पनि त्यसलाई समानान्तर रूपमा अघि बढाएर ओभरल्यापिङ गर्न नहुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस