पुरुष राष्ट्रिय फुटबल टिमको व्यवस्थापकमा उत्तम भण्डारी नियुक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पुरुष राष्ट्रिय फुटबल टिमको व्यवस्थापकमा उत्तम भण्डारी नियुक्त


४ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको व्यवस्थापकमा उत्तमराज भण्डारी नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार भण्डारीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको व्यवस्थापकमा नियुक्त गरेको जनाएको छ ।

सोमबारै एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले भण्डारीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

यसअघि अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टिमको व्यवस्थापक थिए । भारतमा भएको साफ च्याम्पियनसिपमा पनि अनिल नै टिमको व्यवस्थापक थिए ।

नेपाली पुरुष फुटबल टिम अहिले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत प्रारम्भिक चरणको छनोट खेलको तयारीमा छ ।

प्रारम्भिक चरणमा नेपालले लाओससँग आगामी अक्टोबर १२ र १७ मा खेल्दैछ । त्यसअघि नेपालले सेप्टेम्बरमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस