२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्रोह नगरेका भए ओलीले देशको संविधान, सङ्घीयता र संसद् समाप्त पारिसक्थे’

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन् । 

दुई दिनसम्म चलेको नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठकको सोमबार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालीन एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन्।

आफूहरूले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, सङ्घीयता र संसद् समाप्त पारिसकेको विश्लेषण अध्यक्ष नेपालको थियो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले विद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरूमाथि दमन र अत्याचार हुने पनि बताए । त्यस्तै उनले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिनुभएको प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालले एक ढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरूलाई आग्रह गरेका थिए ।

बैठकमा पोलिटब्युरो सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए । भोलिदेखि चल्ने पार्टीको केन्द्रीय कमिटीको बैठकको पूर्वतयारीका रूपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस