सुनको मूल्य घट्यो, चाँदीको स्थिर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, चाँदीको स्थिर


३ भाद्र २०८०, आइतबार


सुन

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आजपनि मूल्य घटेको जनाएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।

महासङ्घका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस