क्रिकेटमै लगानी बढाउनु पर्छ : चतुरबहादुर चन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्रिकेटमै लगानी बढाउनु पर्छ : चतुरबहादुर चन्द


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले क्रिकेटबाहेक अरु खेलबाट छिट्टै विश्वकप खेल्ने सम्भावना नभएको भन्दै क्रिकेटमा नै लगानी बढाउनुपर्ने बताएका छन् ।

शनिबार धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको साधारण सभामा बोल्दै चन्दले नेपालमा क्रिकेटबाहेक धेरै खेल लोकप्रिय रहे पनि तत्कालै विश्वकपमा सहभागी भइहाल्ने अवस्था नदेखिएको बताएका हुन् ।

उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेको भन्दै अब उत्कृष्टताका लागि राज्यले विशेष पहल थाल्नुपर्ने धारणा राखे । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि विश्वास गरेर पटक पटक अवसर दिएको भन्दै उनले त्यसको उपयोग गर्न सक्नुपर्ने धारणा राखे ।

सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुने टि-ट्वाण्टी विश्वकप एसिया क्वालिफायरको खेल नेपालमा पनि आयोजना हुनु, सन् २०२७ मा यु-१७ महिला विश्वकपको सह आयोजक नेपाललाई बनाइनुले नेपाल प्रति आईसीसी सकारात्मक भएको बुझ्न सकिने उनको भनाइ छ । 

नेपालमा राम्रो क्रिकेट रङ्गशाला भएको भए धेरै अन्तर्राष्ट्रिय खेल खेलाउन सकिने पनि उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस