‘चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दुरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास लिएको छु’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दुरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास लिएको छु’


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दुरगामी सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने प्रारम्भिक सहमति भएको स्मरण गरे । त्यो समझदारीलाई मूर्त रूप दिन नेपाल र भारतका अधिकारीहरू निरन्तर संवादमा रहेको उनले बताए । बङ्गलादेशमा विद्युत् निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए ।

हालै इटलीमा भएको भेटमा पनि बङ्गलादेशमा प्रधानमन्त्रीसँग पनि विद्युत् व्यापार बढाउने कुराकानी भएको भन्दै उनले अघि भने, ‘मेरो आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दुरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास लिएको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस