प्रश्नपत्र र उत्तरपुस्तिका सहित दुईजना प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रश्नपत्र र उत्तरपुस्तिका सहित दुईजना प्रहरीको नियन्त्रणमा


३२ श्रावण २०८०, बिहिबार


घुससहित रंगेहात पक्राउ

वीरगञ्ज- बिबिएस दोस्रो वर्षको प्रश्नपत्र बाहिर निकाल्ने परीक्षा प्रमुखसहित दुईलाई वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका-१ रविदास टोल बस्ने वर्ष ६१ का मोहनप्रसाद यादव र बारा विश्रामपुर गाउँपालिका-१ कल्यानपुर घर भई हाल त्रिजुद्ध महावीर विद्यालयको कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षा प्रमुख वर्ष ५४ का विनोद कुमार स्वर्णकार रहेका छन्।

वीरगञ्ज महानगरपालिका-४ स्थित त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम माध्यमिक विद्यालय विर्तामा सञ्चालित बिबिएस दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा इकोनोमिक्स विषयको प्रश्नपत्र र उत्तर पुस्तिका परीक्षा केन्द्रबाट बाहिर निकाली अन्य व्यक्तिमार्फत उत्तरपुस्तिका  लेखाइ पुनः उत्तर पुस्तिका परीक्षा केन्द्रमा बुझाएको भन्ने  सूचनाको आधारमा प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले खानतलासी गर्दा स्वर्णकारको साथबाट यादवले दिएको फाइल खोली हेर्दा टियुको सिम्बोल नम्बर ७००१५१८८७ बिबिएस दोस्रो वर्षको इकोनोमिक्स विषयको आठ पाना उत्तरपुस्तिका फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित सिम्बल नं.को परीक्षार्थी पक्राउ परेका मोहनप्रसाद यादवको जेठो छोराको श्रीमती बिमाकुमारी यादवको भएको भनी खुलेको पर्सा प्रशासन कार्यालय जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय, पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको गिरिले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस