प्रमुख प्रशासकीय अधिकृत र वडा सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृत र वडा सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस लिएको र दिएको आरोपमा रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले मर्चवारी गाउँपालिकाबाट आर्थिक बर्ष २०७७/०७८ मा सम्पन्न भएका वडा नम्बर ३ मा गरिएका विकास निर्माणका कार्यहरू, मर्चवारी गाउँपालिकामा सौर्य ऊर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६ र वडा नम्बर ७ का वडाहरूमा गरिएका विकास निर्माणका कार्यहरू, गाउँपालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाई कटाई तालिम कार्यक्रमहरू समेत गरी गाउँपालिकाका तत्कालीन बर्षको अन्त्यमा सरकारी रकम भुक्तानी दिँदा गाउँपालिकासँग सरोकार राखी आर्थिक कारोबार गरेका समूहबाट तेह्र लाख पैँतालिस हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

उनीहरूले असम्बन्धित व्यक्तिका नाममा खाता खोलेर रकम असुल्दै आएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरीसहितको निवेदन आएको थियो ।

उक्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी फाइलसहित अख्तियारमा पठाएको थियो ।

उक्त कार्यमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्याल, वडा नम्बर ५ र ६ का वडा सचिव गुलाब यादव, प्रमुख प्रशासकीय अधिकृतका छोरा पवन कुमार अर्याल, वडा नम्बर ३ का वडाध्यक्ष नारायण बहादुर यादव, सम्बृद्ध नेपालका प्रोप्राइटर बाबु तिवारी, कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रोप्राइटर अमरीश यादवविरुद्ध तेह्र लाख पैँतालिस हजार रुपैयाँ बारावरको बिगो मागदाबी लिई आज विशेष अदालत मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस