टिकोली जङ्गलमा सवारीसाधन ठोक्किँदा बीस जना घाइते, सात गम्भीर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टिकोली जङ्गलमा सवारीसाधन ठोक्किँदा बीस जना घाइते, सात गम्भीर


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । भरतपुर महानगरपालिका-९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ  सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीस जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा प्र ०६-००१ प ९९८१,  बा प्र ०३-००५  प ९७, ना ६२ प ६०३२, बा प्र ०३-००१  प ४१४७  मोटरसाइकल र बा प्र ०६-००१  प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो  ।

ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए । 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस