उपसचिव रिजाल पाँच वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपसचिव रिजाल पाँच वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले रिजाललाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् ।

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरूसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने आदेश भएको छ ।

अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा लगाएको थियो । अनि नक्कली बिल बनाई रकम दुरुपयोग गरेको आरोपमा पाँचौँ मुद्दा दायर भएको थियो । यी सबै मुद्दा एकै दिन दायर भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस