२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र बालेनबीच छलफल, बालेनले उठाए दुई मुद्दा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । 

लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर ‘बालेन’ले सिंहदरवारमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग छलफल गरेका हुन् । 

सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौँको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित थियो ।

स्रोतका अनुसार हालै मात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन् । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

काठमाडौँका विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेका सुकुम्बासीहरुलाई हटाउन महानगरले प्रयास गर्दै आएको छ । तर, महानगरको प्रयासमा गृहलगायतका मन्त्रालय सहयोग र समन्वय नगरेको गुनासो महानगर प्रमुख शाहले गर्दै आएका छन् ।

आजको बैठकमा उनले यस विषयमा ब्रिफिङ गरेका थिए । यसैगरी तीनकुनेमा पार्क निर्माणका लागि अधिग्रहण गरिएको २४ रोपनी जग्गाको मुआब्जा वितरण नभएको विषयमा पनि उनले प्रधानमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराए ।

दुवै विषयलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर सकारात्मक जवाफ दिएको महानगरले स्रोतले जनाएको छ । 

बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए । बैठक करिब डेढ घण्टा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस