प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै युवा सङ्घले निकाल्यो राँके जुलुस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै युवा सङ्घले निकाल्यो राँके जुलुस


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपाल धनुषाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुस निकालेको छ ।

सोमबार साँझ जिल्ला अध्यक्ष रोशन यादवको अध्यक्षतामा निस्केको जुलुस भानुचौकबाट सुरु भएर शिव चौकमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शन प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेर समापन भएको थियो । सो क्रममा सरकारले अबिलम्ब छानबिन आयोग गठन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी सङ्घले दिएको छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस