काठमाडौँको गोकर्णेश्वरभित्रका विद्यालय ४ दिन बन्द हुने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँको गोकर्णेश्वरभित्रका विद्यालय ४ दिन बन्द हुने


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएका छन् । 

नगरपालिकाले सोमवार (आज) एक सूचना प्रकाशित गरी प्रकोपका रूपमा फैलिरहेको आँखा रोगका कारण जनस्वास्थ्यमा असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको जनाएको छ ।

आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्रका विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको नगरपालिकाका मेयर दीपककुमार रिसालले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस