काठमाडौँ । काठमाडौँ गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएका छन् ।
नगरपालिकाले सोमवार (आज) एक सूचना प्रकाशित गरी प्रकोपका रूपमा फैलिरहेको आँखा रोगका कारण जनस्वास्थ्यमा असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको जनाएको छ ।
आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्रका विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको नगरपालिकाका मेयर दीपककुमार रिसालले जानकारी दिए।
