क्विन्टल सुन प्रकरणको छानबिन सीआईबीबाटै टुङ्ग्याउनुपर्ने काँग्रेसको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्विन्टल सुन प्रकरणको छानबिन सीआईबीबाटै टुङ्ग्याउनुपर्ने काँग्रेसको निर्णय


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । काँग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने पक्षमा उभिएको छ ।

उच्चस्तरीय छानबिन समिति गठनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले यसमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ‚’ उनले भने‚ ‘जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।’

कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस