राप्रपाको आग्रहमा गण्डकी प्रदेश सभा स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राप्रपाको आग्रहमा गण्डकी प्रदेश सभा स्थगित


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमका लागि सोमबार पोखरामा गण्डकी प्रदेश सभाको बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

सभामुख कृष्ण धितालले राप्रपाका प्रदेशसभा सदस्यहरूको आग्रहमा बैठक स्थगित गरिएको बताए ।

राप्रपाले सोमबार आफ्नो कार्यकर्ता भेलाका लागि अध्यक्ष राजेन्द्र लिङ्देन आउने भन्दै प्रदेश सभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको थियो । राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले पार्टी अध्यक्ष लिङ्देन आउने भनेर प्रदेशसभा बैठक स्थगित गर्न भनिएको तर मौसमका कारण उनी पनि नआएको जानकारी दिए । राप्रपाले यो कार्यक्रम मङ्गलवारका लागि सारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस