माओवादीले गर्‍यो सुन तस्करसँगको सम्बन्धबारे महरासँग सोध्ने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीले गर्‍यो सुन तस्करसँगको सम्बन्धबारे महरासँग सोध्ने निर्णय


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरासँग सुन प्रकरणबारे प्रस्ट पार्न आग्रह गरेको छ।

सुन तस्करी गर्ने समूहसँग पटक-पटक फोन सम्पर्कमा गरेको देखिएपछि पार्टीले यस्तो निर्णय गरेको हो । 

नौ किलो सुन भित्र्याउने समूहसँग महरा र उनका छोरा राहुलको संलग्नताबारे स्पष्ट पार्न माओवादी केन्द्रले महरासँग आग्रह गरेको छ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुल निरन्तर सम्पर्कमा रहेको पुष्टि भए पनि प्रहरीले यसबारे कुनै कारबाही अगाडि बढाएको छैन।

मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता पठाउने निर्णय गर्न बसेको माओवादी पदाधिकारी बैठकले महरासँग सोध्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक नेताका अनुसार कल डिटेल्स आएकाले महरासँग यसबारे सोध्ने निर्णय भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस