संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जनमतको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जनमतको दाबी


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दाबी गरेको छ ।

४ महिनापछि पुनः सरकारमा फर्किएको जनमतले सामान्य प्रशासन मन्त्रालयमा दाबी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जनमत पार्टीलाई सहभागी गराउने तयारी गरेसँगै उसले आफ्नो दाबी पेस गरेको छ ।

जनमतका एक नेताका अनुसार आफूहरूले संघीय मामिला मन्त्रालयमा दाबी गरेका बताएका छन् ।

छिट्टै मन्त्रिपरिषद् हेरफेर गर्ने र जनमतलाई सरकारमा ल्याइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस