मन्त्रिपरिषद् हेरफेर गर्ने ‘प्रचण्ड’को तयारी, अनिता देवी मन्त्री बन्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्रिपरिषद् हेरफेर गर्ने ‘प्रचण्ड’को तयारी, अनिता देवी मन्त्री बन्दै


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको र सम्भवतः आजै शपथ गराउने तयारी रहेको स्रोतले जनाएको छ ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकिएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा जनमतलाई सहकारमा सहभागी बनाउँदा वर्तमान मन्त्रिपरिषद्का एक सदस्यलाई हटाउनु पर्नेछ । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी ‘प्रचण्ड’को छ । जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको नाम ‘हिट लिष्ट’मा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस