नेपाली विश्वकै सम्पन्न देशका सम्पन्न नागरिक बन्न सक्छौँ : सभामुख घिमिरे  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली विश्वकै सम्पन्न देशका सम्पन्न नागरिक बन्न सक्छौँ : सभामुख घिमिरे 


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले, नेपालको संस्कृति र परम्पराको संरक्षण र प्रचार प्रसार गर्न सके मात्रै मुलुक विश्वको सम्पन्न राष्ट्र बन्न सक्ने बताएका छन् । 

काठमाडौँको शंखमुलमा आयोजित बागमती गङ्गा आरतिका क्रममा भक्तजनलाई सम्बोधन गर्दै, उनले कला साहित्य र संस्कृतिको संरक्षण र प्रचार प्रसारबाट नेपाल सम्पन्न राष्ट्र र नेपाली सम्पन्न जनता बन्न सक्ने तर्क गरे । 

‘हामी वास्तवमा संसारको धनी राष्ट्रका धनी जनता बन्न सक्छौँ । हाम्रो संस्कृति हाम्रो परम्परा, हाम्रा कला, हाम्रा धर्म, हाम्रा परम्परा, साहित्य हाम्रो इतिहास यस्तो छ । जसले विश्वमा भएका जात जाति धर्म र संस्कृतिको रीतिरिवाज भन्दा धेरै छ । धेरै खालका संस्कार संस्कृतिहरू नै हाम्रो सम्पत्ति हो ।’ उनले भने । 

तर नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक क्षमतालाई उपयोग गर्न नसकिएको उनको भनाई छ । उनले नेपालको यो सम्भावनालार्य आवश्यक प्रचार प्रसार गर्न र कानूनी ढङ्गले व्यवस्थित गर्न जरुरी रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस