मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी, जनमतकी अनिता मन्त्री बन्ने तय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी, जनमतकी अनिता मन्त्री बन्ने तय


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

‘प्रचण्ड’ मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरूमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । तर कसलाई फिर्ता बोलाउने भन्ने तय भई नसकेको बताइएको छ । 

तर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस