काठमाडौँ । अवैध रूपमा नेटवर्किङ धन्दा चलाएको भन्दै इटहरी उपमहानगरपालिकाले ३ वटा कम्पनीमा ताला लगाएको छ ।
अनुगमनपछि ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसियट नामक कम्पनीमा ताला लगाएको हो ।
कार्यालय बन्द गरेर तीन दिन भित्र कम्पनीका सञ्चालकलाई उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको महानगरले जनाएको छ ।
नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको उजुरी परेपछि उपमहानगरले अनुगमन गरेको थियो ।