सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने ३ जना कारागार चलान, पाँच जना धरौटीमा रिहा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने ३ जना कारागार चलान, पाँच जना धरौटीमा रिहा


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना कारागार चलान भएका छन् । 

मङ्गलवार जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो 

। 

कारागार चलान हुनेमा महाकाली नगरपालिका-३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका-३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका छन् । यस्तै अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

धरौटीमा रिहा हुनेमध्ये महाकाली-३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ माग गरिएको छ । यस्तै ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र कैलालीको गोदावरी नगरपालिका–३ कालीका टोलका ३४ वर्षीय शंकरकुमार भुलबाट जनही ५० हजार रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस