ग्राण्डीमा हात्तीपाइले रोगको सफल शल्यक्रिया « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ग्राण्डीमा हात्तीपाइले रोगको सफल शल्यक्रिया


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको शल्यक्रिया सफल भएको छ।

गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको ९ घण्टा लगाएर गरिएको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो।

उनलाई २० वर्ष अघि नै हात्तीपाइलेको समस्या देखिएको थियो। प्रा.डा. श्रेष्ठले प्लास्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको बताइएको छ ।

अप्रेसनका लागि ९ घण्टा समय लागेको जनाइएको छ । युवकलाई बुधबार डिस्चार्ज गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस