अस्पताल पुगेर बालेनले भेटे पीएल सिंहलाई « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अस्पताल पुगेर बालेनले भेटे पीएल सिंहलाई


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पूर्वमन्त्री पीएल सिंहलाई भेट्न अस्पताल पुगेका छन्।

मङ्गलवार काठमाडौँ महानगरपालिकाका पूर्वमेयर सिंहलाई भेट्न बालेन ललितपुरको मेडिसिटी अस्पतालमा पुगेका हुन् । 

झण्डै डेढ सातादेखि पेटको रोगको उपचारका लागि अस्पतालमा रहेका सिंहलाई भेटेर मेयर साहले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

अस्पताल स्रोतका अनुसार सिंहको अल्सरको अप्रेसन गरिएको र स्वास्थ्यमा क्रमिक प्रगति भइरहेको छ। उनी अझै केही दिन अस्पतालमा रहने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस